Tuesday, May 12
Shadow

Author: Interview Nepal

अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, फागनु १९ । अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या गरिएको छ । अफगानिस्तानको जलालावादमा यो घटना भएको हो । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  ...
जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण

जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण

समाचार, समाज
कपिलवस्तु, फाल्गुन १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयमा मुस्लिम आयोगको आयोजनामा विद्यालय का १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष समिम मिंया अंसारी अतिथीमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,संविधान सभा सदस्य नजिर मिंया, मुस्लिम संगठन नेपालका सेराज अहमद फारुकी,आयोगका सदस्य महमुद्दीन अली, मिर्जा अरसद बेग, जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, २नं वडाध्यक्ष संजय गुप्ता, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां लगाया रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्सारीले उपस्थित सबै लाई हार्दिक धन्यवाद दिदै मदरसामा अध्ययनरत रहेका विद्यार्थी हरुको हौसला बढाउन सानो प्रयास स्वरुप ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको मुस्लिम हकहित र मुस्लिमको ...
नेकपा विवाद :  एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १९ । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन् । दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ । दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ । ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लंघन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा संसद् विघटन गर्ने रहेको स्रोतको दाबी छ । नेकपाका दुवै समूहले नयाँनयाँ आन्तरिक रणनीति बनाइरहँदा कांग्रेसले भने मौनता द...
सरकार–विप्लव पक्ष वार्ता :  विप्लवका दुई सर्त, दुई एजेन्डा

सरकार–विप्लव पक्ष वार्ता : विप्लवका दुई सर्त, दुई एजेन्डा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, १९ फागुन । सर्त १. २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने । २. पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने ९विप्लव समूहका एक सय २६ जना नेता–कार्यकर्ता जेलमा, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ० । एजेन्डा १. संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार । २. अहिलेको व्यवस्थाविरुद्ध संंघर्ष गरेको दाबीसहित वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्वारा फैसला ९जनमत संग्रह० गर्ने । सरकारको तयारी पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्द...
सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । अहिले सबैभन्दा समस्या मानिसहरुलाई आफ्नो मोटो शरीरमा नै लाग्छ । तौल घटाउने अनेक तरिका अपनाएतापनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । ‘भारतीय फिटनेस एक्सपर्ट’ तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्नु अघि निम्न कार्य गर्नुपर्ने सुझाएका छन् । १.दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ । पद्दति पद्धति २. मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ । ३. दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट...
ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ । तत्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी...
सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८ । सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउने भएको छ । यसका लागि प्रक्रिया थालीसकिएको बताएको छ । नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दिएको जानकारी दिएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए । नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ । यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् । मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्...
प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनु पर्नै बताएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्दै पार्टीका अधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गरे ।...
काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।...
विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १८ । सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।” बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको थियो । “...