Saturday, October 31
Shadow

Author: Interview Nepal

टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

खेलकुद
काठमाडौं , चैत ४ । इंग्ल्यान्डले घरेलु टिम भारतलाई टि-२० क्रिकेट सिरिजको तेस्रो खेलमा पराजित गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४६ बलमा अविजित ७७ रन बनाएका थिए । त्यस्तै, रिषभ पन्तले २५ र हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए । १५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डका जोश बटलरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५२ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा अविजित ८३ रन बनाए। त्यस्तै, जोनी बैरस्टोवले २८ बलमा अविजित ४० रन जोडे । भारतका वासिङटन सुन्दर र युज्भे...
कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

मुख्य समाचार, स्वास्थ्य
काठमाडौं, चैत ४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो। ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले भने, ‘भेन्टिलेटरमा राखेर उपचार जारी छ।’जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।‘आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं। हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर भनेका छन्।...
निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु चैत्र ४। शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक संख्या, खेलकुद मैदान लगायत मदरसाका अन्य पक्षको अनुगमन गरिएको छ।मदरसामा रहेका शिक्षक विद्यार्थी व्यवस्थापन समितीका पदाधिकारी संग छलफल समेत गरिएको छ। त्यहि निरीक्षणका क्रममा शिक्षा तथा समाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्यालले मदरसा बोर्ड गठन भए पछि प्रदेश भित्र रहेका मदरसाहरु लाई मूलप्रवाहिकरण गर्न हामीहरु लागि रहेको प्रदेश सरकारले प्रदेश ‌भित्र रहेको मदरसा लाई केही...
नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता९कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल नेपाल समूहले भेला गर्न लागेको हो ।...
आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाडौँ, चैत ४ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना चैत्र ०४ गते (बुधबार) दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । र...
आज २०७७ चैत्र ४ गते बुधबारको राशिफल

आज २०७७ चैत्र ४ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख...
अनारले स्वास्थ्यमा गर्छ नसोचेको फाइदा

अनारले स्वास्थ्यमा गर्छ नसोचेको फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ । आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ । अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ । अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ । अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने ह...
विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
लमजुङ, चैत ३ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको भने दुई जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ । ...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार
  काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ । यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।...
वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

आर्थिक, मुख्य समाचार
काठमाडौँ , चैत ३ । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई रु चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१।७ प्रतिशतले...