काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् ।
बैठक बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले बताए । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको छ ।
ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।