Saturday, April 20
Shadow

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द


  • -इ
  • इ+

डोटी, चैत ४ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको जनाइएको छ । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताए । रासस

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares