Friday, May 22
Shadow

मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी समातियो


  • -इ
  • इ+

काठमाडौं, चैत ४ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातिएको छ।

बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले वयष्क भाले बाघलाई नियन्त्रणमा लिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा। नरेश सुवेदीका अनुसार दिउँसो बर्दियाको गेरुवा गाउपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट बाघलाई समातिएको हो। उक्त बाघले तीन महिनादेखि उक्त क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो।

नौ महिनाको अवधिमा त्यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ। सुवेदीका अनुसार समातिएको बाघले मात्रै पाँचजनाको ज्यान लिएको छ।

संयुक्त टोलीले मान्छे मार्ने अर्को बाघ नियन्त्रणमा लिनका लागि पनि टोली परिचालन गरिसकेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares