Friday, April 19
Shadow

चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ


  • -इ
  • इ+

काठमाडौं, चैत ५ ।काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो ।

अधिकृत छैटौँ तहका पोखरेलले निर्माण सम्पन्नपछि बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगले बिहीबार रंगेहात पक्राउ गरेको हो।

पोखरेललाई घुससहित उनकै कार्यकक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares