Friday, July 26
Shadow

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने


  • -इ
  • इ+

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिनुभएको छ ।

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । घाँटीको क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मनुभएका स्व गिरि चार पटक सांसद बन्नुभएको थियो । उहाँ पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उहाँ समाजवादी चिन्तक हुनुहुन्थ्यो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares