Wednesday, May 8
Shadow

धादिङ क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी


  • -इ
  • इ+

काठमाडौं- नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट ईश्वर अधिकारीले दाबी गरेका छन् । अधिकारीले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गर्दै पार्टीमा नाम दर्ता गराएका छन् ।

बुधबार नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । प्रदेश सभा सदस्य समानूपातिक तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका उनि नेपाल विद्यार्थी संघ धादिङ्को जिल्ला अध्यक्ष हुदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छन् । उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

अधिकारी धादिङका लोकप्रिय नेता हुन् । लामो समय देखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट पटक पटक गिरफ्तारसमेत भएका छन् । उनले आफ्नो ज्ञान र सीपलाई जनप्रतिनिधिको माध्यमबाट जनसेवा गर्न चाहेकाले उमेद्वारी प्रस्तुत गरेको बताए । अधिकारी राजनीतिका अलवा बिभिन्न सामाजिक सघसस्थामा आबद्द रहेर सामाजिक गतिबिधिमा पनि सक्रिय रहदै आएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares