Thursday, March 28
Shadow

Tag: बजेट

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए । आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए ।...
सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

आर्थिक, ब्यानर समाचार
काठमाडौं, २७ माघ । उत्साहित बनेर बजेट ल्याएको केपी शर्मा ओली नेतृत्वको सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । शुरुमा महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाएको छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीन वटै बजेटको आकार बीचमा घटाइएको छ । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१।१९ प्रतिशत मात्र हो । अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिएका छन् । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब ...