Friday, April 26
Shadow

जिवनसैली

अब बनेपामा नै जापानिज परिकार तालिम

अब बनेपामा नै जापानिज परिकार तालिम

जिवनसैली, समाचार, समाज
काठमाडौ- विगत १४ वर्ष देखि काभ्रेमा संञ्चालन हुँदै आएकाे सुपरनाेभा तालिम केन्द्रले थप तालिमहरू दिन थालेको छ। ईण्डियनकुक,चाईनिजकुक ,कन्टिनेन्टलकुक( युराेपियन), बेकरि,वारिस्ता,नेपाली ,नेवारि परिकार,वेटर ,हाउसकिपिङ,वार टेण्डर तालिम संचालन गर्दै आईरहेकाे केन्द्रमा १ वर्ष देखि वैदेशिक राजगारमा जानेर पढाईकाे सिलसिलामा जानेहरूकाे लागि जापानिज खाना सुसि पनि सुरू गरेकाे प्रशिक्षक नकुल धितालले जानकारि दिनु भयाे,धिताल नेपालकाे पांचतारे हाेटलमा काम गरि विदेसमा समेत अनुभव वटुलेका सेफ हुन। सुपरनाेभाले हाल सम्पन्न विभिन्न निकायकाे सहयाेग,साझेदारि तथा नेपाल सरकारकाे लगानिमा समेत तालिम संचालन गरेकाे छ । तालिम प्राप्तहरू स्वदेशका हाेटल रेष्टुरेन्ट मा काम गर्छन भने कतिले आफ्नै व्यवसाय संचालन गरेका छन भने आधिकासं बैदेशिक राेजगारीमा रहेका बरिस्ठ सेफ माेहन गजुरेलले जानकारी दिनुभयो । ...
स्वास्थ्यवर्द्धक खान्की सलाद

स्वास्थ्यवर्द्धक खान्की सलाद

जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौं, असार १९ । खानाको पाठ्यक्रममा सलादको छुट्टै महत्व छ । सलाद मन नपराउने कमै होलान् । त्यसैले अधिकांशले दैनिक आहारमा सलाद समावेश गर्छन् । काँक्रो, गाँजर, मुला, प्याजको सानो टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो । जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । सलादमा भिटामिन ‘ई’, भिटमिन ‘सी’ र फाइबर पर्याप्त पाइन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न, रगतमा चिनीको मात्रा कम गर्न, तौल घटाउन सलादको भूमिका रहन्छ । फ्रेन्च मेस्कुलन सलादस्यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस दुई सय ग्राम लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन, मरिच स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।  ...
असार १५ मा किन दही चिउरा खाइन्छ ? यस्तो छ फाईदा

असार १५ मा किन दही चिउरा खाइन्छ ? यस्तो छ फाईदा

जिवनसैली, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,१५ असार । दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ । भनाई नै छ, ‘असार १५ दही चिउरा १५ साउन १५ खिर’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघे संक्रान्तिमा तरुल, घिउ ,चाकु आदी खाने परम्परा छ । यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ । अरू अवसरको महत्त्व जे जस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । गर्मीयाममा शरिरमा पानीको मात्रा कम हुन्छ । त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउँदैन् । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फा...
आज असार १५ अर्थात् दही चिउरा खाने दिन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

जिवनसैली, मुख्य समाचार, समाचार
असार पन्ध्र । मध्य वर्षायाम अर्थात ‘मानो रोपेर मुरी उब्जाउने’ दिन । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ । शुभकार्यमा दहीको प्रयोग गरिन्छ । यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ । रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने, शरिरको आलस्य हराउने र शरिर पनि फुर्तिलो हुन्छ भन्ने मान्यता रहिआएको छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

जिवनसैली, समाचार
काठमाडौं । आज १३ असार बुधबार, २८ जुन २०२३ । असार शुक्ल दशमी, आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल - मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।   वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।   मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।   कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :  सौन्दर्यतामा ...
अष्ट्रेलियामा रहेका नेपालीहरू

अष्ट्रेलियामा रहेका नेपालीहरू

जिवनसैली, टिप्स, ब्यानर समाचार, ब्यानर समाचार 2
✍🏼 -गौरव उप्रेती वर्षौंदेखि, अनुसन्धानले देखाएको छ कि ,अष्ट्रेलिया अझै पनि एसियाली विद्यार्थीहरूको लागि उपयुक्त गन्तव्य हो जसले अमेरिका र यूके जस्ता विश्व शैक्षिक दिग्गजहरू विरुद्ध प्रतिस्पर्धा गर्दछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि, एक अष्ट्रेलियाली योग्यता वा प्रमाणीकरण प्राप्त गरिएको उच्च सम्मान गरिन्छ, र यसले तपाईंलाई प्रतिस्पर्धी बजारमा एक किनारा दिन्छ। विश्वव्यापी रूपमा, अष्ट्रेलिया विदेशी विद्यार्थीहरूको लागि तेस्रो सबैभन्दा ठूलो शैक्षिक गन्तव्यको रूपमा उभिएको छ। यसले 22,000 पाठ्यक्रमहरू र 1,100 संस्थाहरू प्रदान गर्दछ जसमा छवटा विश्वविद्यालयहरू विश्वका शीर्ष 100 मध्ये उत्कृष्ट स्थानमा छन्। साथै, अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि 3000 प्लस छात्रवृत्ति योजना अन्तर्गत 300 मिलियन लगानी गरेको छ जुन नेपाली विद्यार्थीहरूको विकासशील र ग्रामीण जनसंख्याको ला...
आज भाइटिका, शुभ साइत ११:३७ मा

आज भाइटिका, शुभ साइत ११:३७ मा

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटिका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटिका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटिक...
हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान/प्रतिलिटर दूधमा रु १० अनुदान

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान/प्रतिलिटर दूधमा रु १० अनुदान

जिवनसैली, ब्यानर समाचार 2, समाचार, समाज
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी प्रतिलिटर दूधमा दशगाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँद...
माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

जिवनसैली, ब्यानर समाचार 2, समाज
काठमाडौँ- कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उहाँले माछा मारेर सदुपयोग गर्दै आउनुभएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उहाँको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उहाँले भन्नुभयो, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उहाँले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउनुभयो । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा ...
पुरै मुसहर बस्ती शौचालयविहीन

पुरै मुसहर बस्ती शौचालयविहीन

Uncategorized, जिवनसैली, समाज
  सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो  मुसहर बस्ती अझै शौचालयविहीन छ । मुसहर समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौच जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताउनुभयो । “सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ” डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो  बस्तीमा अझै शौचा...