Saturday, November 8
Shadow

Tag: मेलम्ची

राजधानीमा आजदेखि मेलम्चीको पानी वितरण सुरु

राजधानीमा आजदेखि मेलम्चीको पानी वितरण सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उहाँले बताउनुभयो । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो । असारदेखि सुरुङ ब...

एक्लै स्याहार्ने ३५ सन्तानकी आमा

ब्यानर समाचार 2
मेलम्ची, २३ भदौ : एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ । विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका बस्ने आफ्नो दिदीले बनाइदिएको जस्ताको टहरोबाट बालगृह स्थापना गरिएको हो । “पछाडि फर्केर हेर्ने हो भने धेरै दुःखका दिन पनि पार गरेँ । त्यो कुरालाई लिएर म कहिल्यै दुःखी बनिन । चामल किनेर खुवाउन पनि गाह्रो हुने अवस्था थियो तर जति दुःख भए पनि बालबालिकालाई कहिल्यै त्यो दुःख महसुस गर्न दिइन । उधारोमा होस् या ऋण गरेर मैले उनीहरुलाई सधँै खुसी राख्ने कोसिस गरेँ”, मीनामैयाँले भन्नुभयो । बालबालिकालाई संरक्...
मेलम्ची क्षेत्र अझै जोखिममा

मेलम्ची क्षेत्र अझै जोखिममा

टिप्स, मौसम, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ३२ साउन,काठमाडौं मेलम्चीमा पुन बाढी आएपछि पछिल्लो समयमा गरेको अध्ययनले अझै जौखिममा रहेकाले पूर्ववत गर्न नसकिने खानि तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको हाका हाकी बहसमा उनले भेमाथाङ भन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै अवस्थामा जुनसूकै समयमा बग्ने बताएका छन् । काठमाडौैं विश्व विद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमूख डा.रिजनभक्त कार्यस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले सर्तकता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरुमा जूनसुकै समयमा...
सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

टिप्स, मुख्य समाचार, मौसम, समाज, स्थानिय तह
१८ साउन,काठमाडौं लक्ष्मण श्रेष्ठ अविरल बर्षाका कारण मेलम्चीमा पटक पटक बाढी पहिरोका कारण धनजनको क्षति भईरहेको छ । शनिबार बेलुका फेरि बाढीका कारण थप ३२ घर बगाएको छ । हाम्रो भू बनोट र हामी जुन स्थानमा अवस्थित छौं, हाम्रो मुलुकको यो स्थानमा बाढी पहिरो आउनु स्वाभिक हो । यसबाट कसरी बच्न सकिन्छ र हाम्रा संरचनाहरुलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुराको पहिचान गर्नु समस्याको समाधान हो भनि विपद् व्यवस्थापनका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् । पूर्व तयारी गर्नका लागि समय समयमा मौसम सम्बन्धि जानकारी लिनु आवश्यक रहेको र असुरक्षित रहेका बस्तीहरुलाई जोखिम पहिचान गरी व्यवस्थापन गर्नु र आगामी दिनहरुमा आउने बाढीको आँकलन गरेर यसको न्युनिकरण गर्न सकिने पोखरेलले बताएका छन् । यस अघि गत असार १ गते बाढीले ठूलो क्षति गरेको थियो । प्रहरीका अनुसार असार १ को बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय ...
डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मौसम, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असार २ मनसुन सक्रिय भए संगै निरन्तर रुपमा परिरहेको वर्षाको कारण देशका अधिकाशं स्थानमा बाढी पहिरो जानुको साथै डुबानमा रहेको छ । हरेक वर्ष जसो यस वर्ष पनि सिन्धुपाल्चोकमा त्यसको ठूलो असर परेको छ । असार १ गते मेलम्ची नदिमा आएको बाढी बजार क्षेत्र डुबानमा परेको छ । कयौँ घर डुबानमा छन्, बक्कि पुलहरु बगाउनुको साथै केहि संख्यामा मानिसहरु समेत बेपत्ता भएका छन् । हेर्नुहोस् यी दृश्यहरु जुन मेलम्ची नगरपालिका वडा नं ११ बाट बुधबार दिउँसो लिगिएको हो । फोटो : बासु बस्नेत ...
खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ११ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने ।...
दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

दुई सातापछि मेलम्चीको पानी घरघरमा, सपना अब केही दिनभित्रै साकार हुँदै

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’ परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडब...
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी , विद्युतीय बटम थिचेर उद्घाटन गरे प्रधानमन्त्रीले

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागनु २२ । १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरेका छन् । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो । परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको...
मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १३ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बि...