Saturday, April 20
Shadow

Tag: प्रदर्शन

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

मुख्य समाचार, समाचार, समाज
काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । बिद्यार्थि तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको हो । बट्टार बजारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्याली सदरमुकाम बिदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो । र्यालीमा सहभागी युबा बिद्यार्थिले भागिरथीलाई न्याय दे, बलात्कारिलाइ फाँसी दे, कानुनी राज्य स्थापना गर लगायत नारा लगाउदै प्ले कार्ड बोकि प्रदर्शन गरेका हुन । ...
सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ । सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।...
प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, पुस १४ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ। जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।...
प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ११ कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् । विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, 'विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले...
आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् । कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।...
प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा...
राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...
राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

जिवनसैली, समाज
काठमाडौ, मंसिर २५ पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो। राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए। कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।...