Tuesday, March 19
Shadow

Tag: प्रचण्ड

निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटारमा

निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटारमा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारी नेताहरुले सुझाव दिएका छन् । यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छ...
ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ब्यानर समाचार, राजनिती
काठमाडौं- विभिन्न परिस्थिति र राजनैतिक मोडहरू पार गर्दै आएको नेकपा माओवादी केन्द्रले आफ्नो हालको नाम परिवर्तन गर्ने सोचमा छ। हुन त यो पार्टीको यसभन्दा अगाडीका कार्यनीति र रणनीति अनुसार आफ्नो अभिष्ट पुरा गर्न नाम र दस्तावेजहरू छिटो-छिटो परिवर्तन गर्ने गरेको छ। किन यो पार्टी पटक-पटक आफ्नो नाम परिवर्तन गरिरहन्छ ?  के उसको रणनीति,कार्यनीति र सिद्धान्त अनुरूप अव नेपालमा यो नामको अस्तित्व समाप्त भएकै हो त ? कि संसदीय व्यवस्थामा आएपछि यो नामबाट जनता आकर्षित नभएकाले नाम परिवर्तन गर्न खोजिएको हो ? यही नाम फेरेर मात्र जनताको मत आउने भए , नेपाली इतिहास बाट उसले आफ्नो जनयुद्धको इतिहास कसरी मेटाउछ ? कि केही नेताहरूलाई यो नामबाट आपत्ति भएर अर्थात कम्युनिष्ट नेताहरूको आदर्श नेपाली समाजमा बिक्न छोडेर नाम फेर्न खोजिदैछ ! वा विदेशीहरूको अभिष्ट पुरा भैसकेपछि उनीहरूलाई खुसी पार्न नाम फेर्न खोजिदैछ ? ...
पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ :  प्रचण्ड

पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ११ ।”नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन् । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मक रुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्ट...
प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए । प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए । केन्द्रमा स...
प्रचण्ड भन्छन् -अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन

प्रचण्ड भन्छन् -अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । त्यस्तै, प्रचण्डले जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे । आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन प...
प्रचण्ड भन्छन् -राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ

प्रचण्ड भन्छन् -राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् । भरत ढुंगाना स्मृतिग्रन्थ सार्बजनिकीरण तथा परिचर्चा कार्क्रमलाई सम्बोधन गर्दै देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको बताए । उनले आफु आन्दोलित समेत भएको बताएका छन् । प्रचण्डले आफुभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए । प्रचण्डले राजनीतिक हिसाबले विजय हासिल गरेपनि राष्ट्रिय स्वाधिनताको लडाँइ लड्न बाँकि रहेको बताए ।प्रचण्डले अहिले माओवादी आन्दोलनले हासिल गरेका उपलब्धिलाई कसरी निस्तेज पार्नेमै सबैको ध्यान रहेको बताए ।...
प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २६ । शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् । जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी ९राजपा० पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको ...
अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो । उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदि...
आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ :  प्रचण्ड

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए । “पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।” कम्युनिष्ट पार्...
सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् । उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ । साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् । प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।...