Thursday, April 18
Shadow

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्


  • -इ
  • इ+

काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् ।

उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ ।

साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् ।

प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares