Friday, April 26
Shadow

Tag: दाहाल–नेपाल

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ । यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ । सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ । सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको भनाइ छ ।...
दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित

दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ। संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो। सो समूहले बुधबार केन्द्रीय कमिटी बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो। त्यसै अनु...
बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ । बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’ दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ । बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्र...
दाहाल-नेपाल समूहद्वारा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

दाहाल-नेपाल समूहद्वारा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ ।दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ । काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरिएको छ ।पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् । तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।  ...
दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्प कमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल ९दाहाल–नेपाल० समूहले बुधवार काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ । दाहाल–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ । दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए । प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको...
ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको आरोप छ । यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो दिएका हुन ।उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको बताए । उनीहरुले संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने विश्वास व...
दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ३ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले माघ ९ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरको हो । बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ । बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ। विरो प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ ग...
तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २७ । सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल(नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो । निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ...
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा घोषित आन्दोलनका थप कदमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ । काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए । घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छल...
दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १८ । सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएपछि यो समुह अहिले सडकमा आएको छ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट रहेको छ । सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । यता दाहाल(नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो । प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाए...