Friday, April 19
Shadow

संसद्ले निकास नदिए फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभएमा फेरि पनि संसद विघटन हुने बताएका छन् । शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिए प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका हुन्।

उनले नयाँ जानदेशमा जानु स्वभाविक रहेको बताउँदै पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए ।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ने भनाइ राखेको जानकारी दिए ।

यस्तै बैठकमा राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गरिन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा। शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares