लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३ गम्भीर घाइते
काठमाडौं, माघ २९ । लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको पूर्वी भेग दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं। को जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।
धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जि...