Thursday, April 18
Shadow

देशका विभिन्न स्थानमा दुर्घटनाः १२ जनाको मृत्यु


  • -इ
  • इ+

काठमाडौँ , माघ २० । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा आज बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ । सर्लाहीको कौडेना गाउँपालिका–२ र मलङ्गवा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares