Friday, April 26
Shadow

लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३ गम्भीर घाइते


  • -इ
  • इ+

काठमाडौं, माघ २९ । लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको पूर्वी भेग दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं। को जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।

धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् । विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए ।

घाइते उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको छ । घटनाबारे अध्ययन अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको छ । घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका असई अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए । जिप करिब १ सय २० मिटर तल खसेको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares