Sunday, May 19
Shadow

Month: February 2024

कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, १६ फागुन । कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे । बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् । यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।...
२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, फाल्गुन १४ कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई  २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो । खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो । निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाध...
कुञ्चिप्वाकल माविले मनायाे ६१औं  जयन्ती

कुञ्चिप्वाकल माविले मनायाे ६१औं जयन्ती

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित कुञ्चिप्वाकल माविले आफ्नाे ६१औं  जयन्ती समाराेह भव्य रुपमा सम्पन्न गरेकाे छ । शिक्षक रघुनाथ तिमल्सिनाले सञ्चालन गर्नु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नगरप्रमुख कृष्णहरि महर्जन, विद्यालय व्यावस्थापन समितिकाे अध्यक्ष एवं वडाध्यक्ष विदुर सापकाेटाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नगरका १५ भन्दा बढि सामुदायिक विद्यालयका प्रअहरुकाे उपस्थिति थियाे । उक्त कार्यक्रममा स्कुलका विद्यार्थीले सुविधा सम्पन्न स्कुलको भन्दा राम्रो प्रस्तुति गरेका थिए । भाइबहिनिहरुले गित, नाटक, नृत्य आदि वेजाेड प्रस्तुत गरेका थिए । नगर शिक्षा अधिकारि पदम बहादुर खत्रीले शुभकामना मनतव्य राख्दै विद्यालयले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । आगामी वर्ष विद्यालय बस उपलब्ध गराउने कुरा नगर प्रमुखले बताउनु भयाे । वडाध्यक्ष विदुर सापकाेटाले अन्तमा सबैलाई धन्यवाद ...

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, फाल्गुन ११ हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ। सोही सन्दर्भमा आज नेपालको कपिलवस्तु जिल्लाको कृष्णनगरमा बैठक बसेको थियो। कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए। प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली रहेका थिए। कार्यक्रममा बोल्दै मौलाना मशहूदले नेपाल सरकारले मोलवी (कक्षा १०) आलिम (कक्षा १२) सम्मको समकक्षता दिएको। नेपालको बार्डर संग जुडेको भारतको मदरसा (विद्यालय) हरूमा परीक्षा केन्द्र बनाएको तथा नेपालका विद्यार्थी हरू परीक्षा दिन गएको बताउदै उत्तर प्रदेश सरकार, यूपी मदरसा बोर्डका चेयरमैन इफतखार अहमद खान, निर्देशक डा. प्रियंका अवस्थी, उप निर्देशक विजय प्रताप यादव, आल्पसंख...
कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् । उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे । ‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने । नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साह...
अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा

अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । राजनीतिक नेता तथा अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य , बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहाकार समेत रहेका ढकालको यो सातौं कृति हो ।  नन्स्टप मिडिया भक्तपुरले प्रकाशनले बजारमा ल्याएको पुस्तक १०२ पृष्ठको छ । पुस्तकमा समाजवादको निमार्ण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका ८ शीर्षकहरु समेटिएका छन् । ‘असल मौकाको सदुपयोग गर्न चुकेर उबडखाबड बाटो हिँडेर यहाँसम्म आईपुगेको नेकपा माओवादी केन्द्रले अबका दिनमा सैद्धान्तिक रुपमा कसरी अगाडि बढ्नुपर्छ भनेर सैद्धान्तिक तथा वैचारिक हिसाबले चिन्ता लिने व्यक्तिका रुपमा कामरेड डीपी ढकाल माओवादी केन्द्रको बचाउमा यो पुस्तिका लि...
कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
  - अजय मिश्र  कृष्णनगर, कपिलवस्तु, माघ २९ कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो । लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्याल...
प्रदेश सांसद अमन मास्के द्वारा लतारदो खेलको उद्घाटन

प्रदेश सांसद अमन मास्के द्वारा लतारदो खेलको उद्घाटन

ब्यानर समाचार 2, मुख्य समाचार
- सानुकाजि थापा काठमाडौ - काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा ७ फुटुङ माविको प्रागंणमा प्रथम बागमति प्रदेश स्तरीय ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतार-दाे एमएमए क्लबकाे आयाेजनमा प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८०सम्पन्न भयाे उक्त कार्यक्रमकाे उद्घाटन काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ६ ख का प्रदेश सांसद माननीय ई.अमन कुमार मास्केले गर्नुभयाे साे कार्यक्रममा समाजसेवी वसन्त कुमार वस्नेत, समाजसेवी जगन्नाथ राजबाहक समाजसेवी बबि कार्को राकेश मास्के लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रममा जगन्नाथ राजवाहक, वसन्त बस्नेत ,खेल प्रशिक्षक साम्देन ब्लाेन तामाङले शुभकामना मन्तव्य बागमति राख्नुभएको थियाे प्रदेशका ८ आठ जिल्लाका विभिन्न उमेर ३०वटा क्याटाेगरिका खेलाडीहरूकाे उपस्थित रहेकाे थयाे प्रतियाेगितामा भाग लिने तथा विजयि खेलाडिहरूलाइ पदक ,मेडल , ट्रफी , प्रमाणपत्र वितरण गरिएक...
माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, माघ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए। बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमंत्री भए पछि जनताको पक्षमा धेरै राम्रा काम हरू गरेको, भ्रष्टाचारि हरूलाई कार्वाहीको दायरामा लाएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए। कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी क...
साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँले साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा कार्यक्रम गर्ने भएको छ । माघ २७ गते शनिवार काठमाडौँको धुम्बराही हुने विशेष कार्यक्रम साहित्यकार तथा कवि वैरागी काँइलाकै उपस्थितिमा हुन लागेको नेपाली लेखक संघ काठमाडोँले बताएका छ । धुम्बराही मण्डिखाटारस्थित गेट कलेजको सभाहलमा शनिवार दिनको १ बजे हुन लागेको कार्यक्रममा साहित्यकार समालोक प्रा.डा. अभि सुवेदी तथा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले स्रष्टा वैरागी काँइलाका बारे परिचर्चा गर्ने नेपाली लेखक संघ काठमाडौँद्वारा वितरित निमन्त्रणा पत्रमा  बताइएको छ ।...