Friday, April 24
Shadow

Month: December 2022

राप्रपाले सांसदहरू लाई बिदेशी दूतावास पार्टी अनुमति नलिई नजान निर्देशन दियो !

राप्रपाले सांसदहरू लाई बिदेशी दूतावास पार्टी अनुमति नलिई नजान निर्देशन दियो !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । आज सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आउँदा दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने बताए । आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । उनले भने, ‘सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखि...
काङ्ग्रेसले पौष ६ गते संसदीय दलको नेता चयन गर्ने , हेर्नुस् तालिका ।

काङ्ग्रेसले पौष ६ गते संसदीय दलको नेता चयन गर्ने , हेर्नुस् तालिका ।

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
    काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ। पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान स...
मेस्सीलाई गोल्डन बल, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

मेस्सीलाई गोल्डन बल, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।...
विजयपछि  मेस्सीकी श्रीमतीले श्रीमान्‌सँगै मनाइन् उत्सव

विजयपछि मेस्सीकी श्रीमतीले श्रीमान्‌सँगै मनाइन् उत्सव

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
आइतबार राती खेलिएको विश्व कपको फाइनल खेलमा अर्जेन्टिनाको विजयपछि लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला राकुजोले श्रीमान्सँगै उत्सव मनाएकी छिन् ।   अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले जितेको छ । ट्रफी जितेपछि लियोनेल मेस्सीले आफ्नो परिवारसँग उत्सव मनाए । लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोले सेलिब्रेसनको तस्बिर साझा गरिन् । मेस्सी आफ्नी श्रीमती र तीन सन्तानसँग झुमिरहेका थिए । मेस्सी विश्वकप जितेपछि भावुक भए र मज्जाले नाचे पनि । ३५ वर्षका लियोनेल मेस्सीको यो अन्तिम विश्वकप थियो र उनी विश्वबिजेता बनेका छन् ।  ...
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले...
मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले साम्पाङ माथि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति पछि उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने माग गरिएको हो । यसअघिनै संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठनलगायतका संघसंगठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ मा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको मानिनेबारे उल्लेख गरेको छ । उक्...
विश्वकपमा तेस्रो भयो क्रोएसिया

विश्वकपमा तेस्रो भयो क्रोएसिया

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
क्रोएसिया दोस्रोपटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो । शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए । मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो । क्रोएसियाले यसअघि सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
क्रोएसिया विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल

क्रोएसिया विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
क्रोएसिया दोस्रोपटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो । शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए । मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो । क्रोएसियाले यसअघि सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​...
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । ...