Monday, April 15
Shadow

काङ्ग्रेसले पौष ६ गते संसदीय दलको नेता चयन गर्ने , हेर्नुस् तालिका ।


  • -इ
  • इ+

 

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो।

दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोधको समय राखिएको छ।

पुस ५ गते नै दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्मा उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।
उम्मेदवारको अन्तिम नामावली पुस ५ गते दिउँसो ३ बजे हुने कार्यसूचीमा उल्लेख गरिएको छ। पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने जनाइएको छ।

निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयपिभत्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने बताइएको छ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares