Friday, April 24
Shadow

Month: December 2022

ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।

ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सामाजिक जवाफदेहीता र सदाचारका लागि नागरिकको लिखित गुनासो/सुझाव सहित सार्वजनिक सुनुवाइ गरेको थियो ।उक्त कार्यक्रमको संचालन ट्रान्सपरेन्सि नेपालका प्रतिनिधि विनोद भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।   उक्त कार्यक्रमको प्रमुख अतिथिमा तारकेश्वर नगर उपप्रमुख सिर्जना बुर्लाकोटी , विषेश अतिथी प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे अतिथिमा वडा अध्यक्ष शम्भु फुयाल अतिथि हरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल, समाजसेवी दामोदर अर्याल, जेष्ठ नागरिक संस्थाको प्रतिनिधि राजाराम लामिछाने हुनुहुन्थ्यो । उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस...
गगनको अपिल : देश र पार्टीको भविष्य सम्झेर आफूलाई मत दिन सांसदहरुलाई आग्रह

गगनको अपिल : देश र पार्टीको भविष्य सम्झेर आफूलाई मत दिन सांसदहरुलाई आग्रह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर  आफूलाई मतदान आग्रह गरेका हुन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।   यस्तो छ थापाले मतदान अघि गरेको अपिल     आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ | भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु |​ बर्तमान राजनीतिक अन्यौलता र आर्थि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि  मतदान  आज  हुने

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान आज हुने

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ । सभापति देउवाको उम्मेदवारीक...
अध्यक्ष ओलीलाई  सर्वाधिक मत ल्याएकोमा  सम्मान

अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएकोमा सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ । मंगलबार नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो । अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका थिए । कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका हुन् । ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । सम्मानित हुने जिल्ला अध्यक्षहरुमा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल, पर्वतका राजु पौडेल, धनकुटाका इन्द्रमणी पराजुली र सोलुखुम्बुका डुफ कुमार बास्तोला छन् ।सो क्रममा धनकुटा, अर्...
बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सङ्कट आउन नदिन खाद्य उत्पादनमा जोड

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सङ्कट आउन नदिन खाद्य उत्पादनमा जोड

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
 देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो । उहाँले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ । विश्वमा आर्थिक मन्दी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ११ देखि ३ बजेसम्म बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ११ देखि ३ बजेसम्म बन्द

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ...
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दरखास्त

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दरखास्त

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । ...
काङ्ग्रेसले पौष ६ गते संसदीय दलको नेता छान्ने , हेर्नुस् कार्यतालिका

काङ्ग्रेसले पौष ६ गते संसदीय दलको नेता छान्ने , हेर्नुस् कार्यतालिका

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
    काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ। पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रका...