Friday, April 24
Shadow

Month: December 2022

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स ?

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स ?

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् । अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे । यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने च...
लुम्बिनीमा ६१ लाख दान दुई महिनामै संकलन

लुम्बिनीमा ६१ लाख दान दुई महिनामै संकलन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रूपैयाँ संकलन भएको छ । अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् । यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन् । नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबा...
नवनिर्वाचित सांसद भेला

नवनिर्वाचित सांसद भेला

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ । ...
सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ ...
न्यायको लागि आन्दोलनमा  आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

न्यायको लागि आन्दोलनमा आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
२०७९ मंसिर २५ गते तारकेश्वर नगरपालिका - ६ धर्मस्थलि चिसापानी मा टिपरले मोटरसाइकल चालकलाई पहिले ठक्कर दिएर घाइते बनाए पछि घटनास्थल भन्दा बाहिर नजिकै रहेको बालुवा डिपोको बालुवाको थुप्रोमा भेटिन्छ । आश्चर्य छ दुर्घटना सडकमा हुन्छ , घाइतेको शरीर सडक भन्दा १५-२० मिटर पारी बालुवा को थुप्रोमा कसरी ! अर्धमृत अबस्थामा पुर्‍याइएको घाइतेलाइ फेला पारी अस्पतालमा पुर्‍याउदा मृत्यु भयो । २३ बर्षे मृतकको नाम थियो सविन फुयाल । सबिन स्नातक गर्दै गरेका विद्यार्थी थिए । यसरी घटना भएपछि घाइतेलाई छिटोभन्दा छिटो उपचारका लागि अस्पताल लानु पर्नेमा नजिकैको बालुवा डिपोमा टिपर किन लुकाएर राखिन्छ ! र सबारिधनी सुरुमा केही समय घटनास्थलमा उपस्थित हुन्छन् ,जब लुकाइएको सबारिसाधन डिपोबाट निस्कन्छन अनि फारार हुन्छन् । एकदिन दिनभर परिवारका आफन्त र जनता आन्दोलन गर्छन सावारी चालक र टिपर मालिक खोइ भनेर त्यसैक्रममा आवेसमा आ...
न्यायको लागि आन्दोलनमा  आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

न्यायको लागि आन्दोलनमा आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

ब्यानर समाचार 2, मुख्य समाचार
२०७९ मंसिर २५ गते तारकेश्वर नगरपालिका - ६ धर्मस्थलि चिसापानी मा टिपरले मोटरसाइकल चालकलाई पहिले ठक्कर दिएर घाइते बनाए पछि घटनास्थल भन्दा बाहिर नजिकै रहेको बालुवा डिपोको बालुवाको थुप्रोमा भेटिन्छ । आश्चर्य छ दुर्घटना सडकमा हुन्छ , घाइतेको शरीर सडक भन्दा १५-२० मिटर पारी बालुवा को थुप्रोमा कसरी ! अर्धमृत अबस्थामा पुर्‍याइएको घाइतेलाइ फेला पारी अस्पतालमा पुर्‍याउदा मृत्यु भयो । २३ बर्षे मृतकको नाम थियो सविन फुयाल । सबिन स्नातक गर्दै गरेका विद्यार्थी थिए । यसरी घटना भएपछि घाइतेलाई छिटोभन्दा छिटो उपचारका लागि अस्पताल लानु पर्नेमा नजिकैको बालुवा डिपोमा टिपर किन लुकाएर राखिन्छ ! र सबारिधनी सुरुमा केही समय घटनास्थलमा उपस्थित हुन्छन् ,जब लुकाइएको सबारिसाधन डिपोबाट निस्कन्छन अनि फारार हुन्छन् । एकदिन दिनभर परिवारका आफन्त र जनता आन्दोलन गर्छन सावारी चालक र टिपर मालिक खोइ भने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
सात महिनापछि तारा एयरको भग्नावशेष सङ्कलन

सात महिनापछि तारा एयरको भग्नावशेष सङ्कलन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिनुभयो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । “दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो”, उहाँले भन्नुभयो, “विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् ।...
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएकाथिए ।...

आज काठमाडौं महानगरले सेवा प्रवाह नगर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
  काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै  केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो । ...