Friday, April 24
Shadow

Month: October 2022

कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

निर्वाचन विशेष, ब्यानर समाचार 2
गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिनुभएको हो । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । झाँक्रीविरुद्ध उम्मेदवारी दिनुभएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताउनुभयो । उहाँले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताउनुभयो । उम्मेदवारी निष्क्रिय भएको घोषणा...
कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुग्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुग्नुभएका खड्का क्षेत्र नं १ का नागरिकसँग भेटघाटमा व्यस्त रहनुभएको छ । गुर्भाकोट नगरपालिकास्थित सिटीहलमा आजै आयोजित कार्यक्रमलाई नागरिकका लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पु¥याउन मतदातासँग अपिल गर्नुभएको छ । खड्काले प्रदेश र केन्द्र सरकार वाम–लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले जिल्लामा आफूहरूले...
स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ । दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उहाँले भन्नुभयो, “हाम्रो प्रुमख ऐज...
कुनै पनि  दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ । “हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ ।” समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वा...
कात्तिक ७ देखि तीन दिन तिहार मनाउन तलेजुको आग्रह

कात्तिक ७ देखि तीन दिन तिहार मनाउन तलेजुको आग्रह

ब्यानर समाचार 2
यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजुले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गरेको छ । तिहारका बारेमा जनमानसमा अन्योल र भ्रम पैदा भएको भन्दै आज तलेजुका मूल गुरु, पुजारीसहितले तिहारको शुभसाइत निक्र्यौल गर्दै कात्तिक ७, ८ र ९ गते तिहार मनाउन आग्रह गरेको हो । भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले भन्नुभयो, “तिहार कहिले मनाउने भन्नेबारेमा विवाद रहेको पाइयो, त्यसैले तलेजुले साइत निकालेको छ, अब विवाद गर्नु पर्दैन, कात्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा अर्थात् भाइटिका गर्ने तलेजुले निर्णय गरेको छ, सोही अनुसार गर्नुहुन सबैमा आग्रह गर्दछौँ ।” यस वर्ष कसैले ८, ९ र १० गते तिहार मनाउने र कसैले ७, ८, ९ र १० गते तिहार मनाउने भन्दै विवाद भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले क्यालेन्डर बनाउँदा स...
म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल

ब्यानर समाचार 2
म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो । एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोडलागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा सम्झौता गरेको थियो । सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुनेभएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले प...
तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

निर्वाचन विशेष, ब्यानर समाचार 2
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडाँै जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्...
बबई र कर्णाली नदीमा दुई पुरुषको शव फेला

बबई र कर्णाली नदीमा दुई पुरुषको शव फेला

ब्यानर समाचार 2
बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताउनुभयो । यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ । ...
राजनीतिक दलले  १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

राजनीतिक दलले १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
 आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो । आयोगले कडाइँका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि...
यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

ब्यानर समाचार 2, साहित्य/कला
नेपालको पहिलो नक्सा हामीले २००६ सालमा तयार पारेका थियौं। त्यही नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो। त्यो बेलाको सीमित साधन र प्रविधिका कारण नक्साको स्वरूप जे-जस्तो भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै सरहदभित्र पर्थे। त्यसको प्रमाण त दोस्रो जनगणना बेला त्यहाँ पुगेका भैरव रिसालजीका कथनहरू आइसकेका छन्। त्यसैगरी राज्यले बुझेका तिरोहरूको प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ। पहिलो नक्सा निकाल्नु आफैंमा संघर्ष थियो। त्यो प्रक्रिया‍ सुरूआत यसरी भएको थियो। बि.सं.१९९५ सालमा भिमबहादुर पाँडे एमकम पास भएर आएपछि उनका निम्ति उपयुक्त जिम्मेवारीको खोजी हुँदै थियो। त्यसैअनुसार जुद्धशमशेरबाट 'प्रोफेसर'को दर्जा पनि पाए। तर उनको योग्यता मुताबिक काम पठनपाठनका क्षेत्रमा नभएकाले 'औद्योगिक सर्भे'का काममा उनी संलग्न भए।त्यो बेलासम्म सर्भे भन्ने शब्द प्रचलनमै...