Friday, April 24
Shadow

Month: October 2022

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

आर्थिक, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक १ गते अर्थात भोलि मंगलबार जारी गर्ने गरी बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । २८ दिने ट्रेजरीका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिनका लागि ५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । यसअघि असोज २४ गते राष्ट्र बैंकले ४ किसिममा कुल १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।...
चितवनमा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ

चितवनमा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ

ब्यानर समाचार 2
चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको प्रमुख स्याङ्बोले बताउनुभयो । विशेष गरेर कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भइरहेको उहाँले जानकारी दिनुभयो । पश्चिम चितवनका कतिपय धानै नरोपिएका ठाउँमा पनि यस वर्ष धान रोपिएको स्याङ्बोले बताउनुभयो । आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ भने डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ...
टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

खेलकुद, ब्यानर समाचार 2
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो । यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११–९, ८–११, ११–९, ९–११ र ७–११ को २–३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलि...
शासक मात्तिएको बेला

शासक मात्तिएको बेला

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - उपेन्द्र तिमल्सिना बाँच्न कठिन छ सास फेर्न सजिलो छ हावा पाउन गाह्रो छ ! भोजनले आकाश छोएको बेला भोक सस्तिएको छ !! त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ !! समाज मात्तिएको बेला , मन रित्तिएर खाली खाली छ आँसुको त कुनै भाउ छैन ! तर हाँसो त यहाँ किन्नै सकिन्न , त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ ! प्रेमको बजार त खुलेकै छैन मायाको कोठिहरु बिक्रीमा छन् आफन्तहरु त छरपष्ट छन् आफ्नो त कतै भेटिन्न ! त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ ! सिटामोल माफियाको गोदाममा बन्दकि बसेको बेला विष त यहाँ सरकारले निःशुल्क बाँडेकै छ !! जनताको आँखामा संबृद्धीको भ्रम फालेर शासकहरु त मस्तीले हाँसेकै छन् ! समाजवादको घोडा चढ्ने बेला भिख मागेर पनि सरकार बाँचेकै छ !! त्यसैले त साथि ...
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ । आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ...
जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि  ललितपुर महानगरपालिकामा

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा

ब्यानर समाचार 2
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ । पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । ...
जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति  भण्डारी

जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको हो । राष्ट्रपतिले भन्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ ।राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको छ । ...
जोशीको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

जोशीको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

ब्यानर समाचार 2
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पु¥याउनुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को आज बिहान एक सय तीन वर्षको उमेरमा दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । एक सय तीन वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको स्रोत बनेर रहने उहाँको भनाइ थियो । सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा...
सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

ब्यानर समाचार 2
पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो । जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल ...
सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

ब्यानर समाचार 2, सेयर मार्केट
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन स...