Thursday, April 23
Shadow

Month: September 2022

अनन्तको मन एमालेसंगै !

अनन्तको मन एमालेसंगै !

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने बताएका छन्। विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए। सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे। ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ।’ पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे। दीर्घकालीन र...
तात्यो खोटाङमा चुनावी माहोल

तात्यो खोटाङमा चुनावी माहोल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
खोटाङ - आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाट निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् । प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । उसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य ‘आरपी’, ...
काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो । प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए । यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।...
चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।...
भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ।यसमा ३० वटा जहाज/हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन्।यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ। यसमा २ हजार ४ सय डिब्बा छन्। २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो।भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो। कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सा...

ह्याक भयो गायक टंक बुढाथोकीको युट्युब च्यानल

मनोरञ्जन, समाचार
काठमाडौं - गायक तथा सङ्गीतकार टंक बुढाथोकीको युट्युब च्यानल ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा भएका सम्पूर्ण भिडिओ गायब भएका छन् । ह्याकरले उक्त च्यानल कब्जामा लिई नाम परिवर्तन गरेर ‘आर्क इन्भेस्टमेन्ट’ राखेको छ ।बिहीबार उक्त च्यानलमा एलन मस्को फोटो राखी नेपालमा प्रतिबन्ध‍ित बिट्क्वाइन र इथिरियम सम्बन्धी प्रचार भएको थियो । २२ लाख पचास हजारभन्दा बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले प्रचारका लागि राखिएको भिडिओ बाहेक अन्य भिडिओ गायब छन् । गायक बुढाथोकीले बिहीबार करिब १२ बजे उक्त च्यानलमा भएको ‘कसरी कसरी’ नामक गीतको लिंक फेसबुकमा शेयर गरेका थिए । त्यसको केही समयमा नै उक्त च्यानल ह्याक भई सम्पूर्ण भिडिओ गायब भएको पाइन्छ । पछिल्लो समय सब्स्क्राइबरको सङ्ख्या धेरै हुने च्यानलहरू एकाएक ह्याक हुने क्रम बढ्दो छ । यसअघि एपीवान टेलिभिजन, म्युजिक नेपाल, ओएसआर डिजिटल सगरमाथा टेलिभिजन लगायतका ...
सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो: बर्षेनी मल अभावका ब्यथा

सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो: बर्षेनी मल अभावका ब्यथा

कृर्षि, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु–मागभन्दा ढिलो वितरण भइरहेको रासायनिक मल पनि अपुग भएपछि किसान चिन्तित बनेका छन् । पर्याप्त मल नपाउँदा पाएको परिणाम पनि ‘निल्नु न ओकल्नु’ जस्तो भएको किसानको गुनासो छ ।‘पहिला निकै भनसुन गरें,’ कपिलवस्तु–६ बर्मेलीका रामगोविन्द चौधरीले भने, ‘बल्लबल्ल दुई बोरा युरिया र एक बोरा डीएपी पाएँ ।’ उनलाई १० बोरा युरिया र चार बोरा डीएपी चाहिन्थ्यो । ‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो,’ उनले दुखेसो पोखे । ‘जोखना हेर्ने गरी मल वितरण गरियो,’ उनले भने, ‘त्यो निल्नु न ओकल्नु भएको छ ।’  ढिलो रोपाइँ गरेका किसान मल अभावले समस्या र चिन्तामा छन् । जिल्लालाई धान खेतीका लागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भदौमा ७ सय ९२ मेट्रिक टन युरिया र ६३ मेट्रिक टन डीएपी मात्र वितरण गरिएको छ । जिल्लालाई अहिले आएको ७ सय...
गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दा...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।...
पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार
काठमाडौँ-  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ । पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्य...