Friday, April 24
Shadow

Month: September 2022

लुटपाटमा संलग्न अभियुक्त सार्वजनिक

ब्यानर समाचार 2, समाज
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका दुवै अभियुक्तलाई आज सार्वजनिक गरेको छ । सपहीस्थित मेगा बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ का राम दास बुधबार दिउँसो लुटिनुभएको थियो । बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएको समूहले रकम लुटेर भागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी २३ वर्षीय सरोज दास र सोही गाउँपालिका–६ निवासी २० वर्षीय भरोसी भन्ने नरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका नरेशबाट घर अगाडि छाप्रो घरमा खाल्डो खनी गाडेको अवस्थामा रु एक लाख ...

एक्लै स्याहार्ने ३५ सन्तानकी आमा

ब्यानर समाचार 2
मेलम्ची, २३ भदौ : एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ । विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका बस्ने आफ्नो दिदीले बनाइदिएको जस्ताको टहरोबाट बालगृह स्थापना गरिएको हो । “पछाडि फर्केर हेर्ने हो भने धेरै दुःखका दिन पनि पार गरेँ । त्यो कुरालाई लिएर म कहिल्यै दुःखी बनिन । चामल किनेर खुवाउन पनि गाह्रो हुने अवस्था थियो तर जति दुःख भए पनि बालबालिकालाई कहिल्यै त्यो दुःख महसुस गर्न दिइन । उधारोमा होस् या ऋण गरेर मैले उनीहरुलाई सधँै खुसी राख्ने कोसिस गरेँ”, मीनामैयाँले भन्नुभयो । बालबालिकालाई संरक्...
पोखरा महानगरपालिकाले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले चलायो आफ्नै भवनमा डोजर

ब्यानर समाचार 2, समाचार, स्थानिय तह
    पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग...

बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा बस्ती नै बग्ने गरी पहिरो

ब्यानर समाचार 2, समाचार
कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छ...
‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्। बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ। सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्। उनीहरूले संघ वा प्रदेशका कुनै क्षेत्रमा मतपत्रमा रूख चिन्ह हुनुपर्ने बताएका थिए। कांग्रेसले केन्द्रीय समितिबाटै सत्ता गठबन्धनबीच तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेको छ भने सिट बाँडफाँट गर्न कार्यदल पन...

वैदिक सनातन हिन्दू राज्यको माग

ब्यानर समाचार 2, समाचार, समाज
राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ ।...
१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् । ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।…१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने । तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् ।...
कांग्रेसको घोषणापत्र तयार पार्ने जिम्मा महामन्त्री शर्मालाई

कांग्रेसको घोषणापत्र तयार पार्ने जिम्मा महामन्त्री शर्मालाई

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गरेका हुन् । अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन् । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।...
दशैंका लागि असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने

दशैंका लागि असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने

टिप्स, समाचार
काठमाडौँ- दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने, कोभिड-१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने । यसका लागि यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्ने छ ।...

यम:द्यो ठड्याएर भक्तपुरमा सुरु गरियो ईन्द्रजात्रा

ब्यानर समाचार 2, समाज
भादगाउँ, भदौ २२  : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्लद्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यम:द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाउँछन् । जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोल टोलमा विधिवत पूजाआजा हित नगरका ईताछें., तेखापुखु:, मुलाख:ु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, ग:हीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यम:द्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन । जात्राको तेस्रो दिन अर्थात ईन्द्रजात्...