Saturday, March 2
Shadow

कांग्रेसको घोषणापत्र तयार पार्ने जिम्मा महामन्त्री शर्मालाई


  • -इ
  • इ+

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गरेका हुन् ।

अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन् । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares