Monday, May 20
Shadow

वैदिक सनातन हिन्दू राज्यको माग


  • -इ
  • इ+

राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares