राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ ।
वैदिक सनातन हिन्दू राज्यको माग
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो
by Interview Nepal
११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क
by Interview Nepal
लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा
by Interview Nepal
पत्रकार विश्वकर्मा सम्मानित
by Interview Nepal
