द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई सहयोग
काठमाण्डौँ, फागुन ११
भोकालाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ २०७६ चैत्र २२ गतेबाट संचालन भएको जय महांकाल युवा समुहको खाना वितरण अभियान लोकप्रिय बन्दै गएको छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई लक्षित गर्दै मानिसहरू रोगले भन्दा नमरून् भन्ने उद्देश्यका साथ सडकमा अलपत्र परेका, सडक बालबालिका, ज्याला मजदुरी गर्ने, अशक्त, अपाङ्ग आदि वर्गलाई लक्षित गर्दै उक्त अभियान संचालन गरेको आयोजकको भनाइ छ ।
आजसम्म यस अभियानले २९० दिन काटेको छ। यो अभियान ११२ औ दिन सम्म काठमाडौंको विभिन्न स्थान जस्तै रत्नपार्क, पशुपतिनाथ,थापाथली, सिनामंगल, कलंकी, आदि स्थानमा संचालन गरेको र त्यस पश्चात् आर्थिक अभावको कारण हाल नयाँ बसपार्कको बिजी मलमा मात्र वितरण गरिरहेको जय महांकाल युवा समुह संस्थाकामहासचिव मनिस बि.क.ले जानकारि दिनुभयो । यस समुहले खाना वितरण अभियान मात्र नभएर सडकमा अलपत्र परेकाहरूको कत...









