Thursday, April 25
Shadow

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यी उपाय अपनाउनुहोस्


  • -इ
  • इ+

काठमाडौँ , पुस २९। चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु स्

१. लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
२. हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
३. हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
४. २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
५. कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
६. पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
७. जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
८. धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
९. तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
१०. ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares