Thursday, April 18
Shadow

.चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन


  • -इ
  • इ+

काठमाडौँ, माघ १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए ।

बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग ब्रिफिङ गरेको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी लिएका थिए ।नेम्वाङले सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश नगरेको र अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै नटुंगिएको विषयमा जानकारी गराएका थिए ।

अनौपचारिक छलफल भनिएकाले आज कुनै निर्णय नभएको उनले बताए ।गत पुस ५ मा संसद् विघटनसँगै नेकपालका दुवै पक्षले आ(आफ्ना गतिविधिलाई तीव्र पार्दै आएका छन् ।

नेकपा दाहाल(नेपाल समूहले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक संघर्षलाई निरन्तरता दिँदै आएको छ भने ओली समूहले चुनाव तोकिएकै समयमा हुने बताउँदै जिल्लाव्यापी प्रशिक्षण तथा भेलाका कार्यक्रमलाई तीव्रता दिँदै आएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares