जसिन्द्र श्रीपाली,काठमाण्डौँ, मंसिर २८
उत्पादन सहितको समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिस्ट आन्दोलन लाई निरंतरता दिनको लागि प्रगतिशील सोच र बिचार भएका सबै देश भक्त नेपालीहरु एक हौ भन्ने विचारका साथ युएईमा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रवास संगठनले जीवन दासको अध्यक्षतामा २९ सदस्यीय प्रगतिशील नेपाली समाज युएई गठन गरेको छ ।
विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्सवादका प्रवर्तक कार्ल माक्र्सको द्धिशवतवार्षिकीको विशेष सन्दर्भम पारेर २०७५ बैशाख २१ गते नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गरिएको थियो ।
विश्वभक्त दुलाल ‘आहुती’को संयोजकत्वमा ५१औ वैचारिक , राजनितिक तथा समाजवादी सदस्य समिति निर्माण गरेर यात्रा थालनि गरेको वैज्ञानिक समाजबादी नेपाल हाल देश भर र विभिन्न प्रबासमा समेत प्रवास शाखा गठन गर्ने प्रक्रियामा रहेको छ ।
यसै विच ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय संयोजक विश्वभक्त दुलाल ‘आहुती’को प्रमुख आतिथ्यता, जात ब्यबस्था उन्मुलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङको बिशिष्ट आतिथ्यता र प्रदेश संयोजक, विभिन्न संघ संस्थाको प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको भर्चुअल माध्यम जुम मार्फत अध्यक्ष जीवन दासको अध्यक्षतामा २९ सदस्यीय प्रगतिशील नेपाली समाज युएई गठन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्ण विश्वकर्मा, समर चेम्जो आभाष , सुमी गहतराज रहेका छन भने महासचिव । सचिवमा क्रमश दुजमान सुनार ,चन्द्र सम्बाहाम्फे लिम्बु , मिम सुनार रहेका छन ।
नेपाली राजनिततिले दलित र जनजातिका मुद्दालाई बे वास्ता गरेको भन्दै आफुहरु विभेद मुक्क्त र सम्मान जनक राजनितिको यात्रा थालनिमा लागेको समितिको उपाध्यक्ष कृष्ण विश्वकमाले जानकारि दिनुभयो ।