Wednesday, April 24
Shadow

चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक २४
चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका नुवाकोटका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । सूर्यगढी गाउँपालिका ३ का रमेश तामाङलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर नुवाकोट अदालतमा बुझाएको थियो । तामाङलाई अदालतले सोमबार कारागार चलान गरेको छ ।

नुवाकोट जिल्ला अदालतको गत ०७३ फागुन ११ गते रहजनी चोरी मुद्दामा दोषी ठहरिई १२ वर्ष २ महिना कैद र १ लाख २२ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै निज तामाङ फरारको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर वलीले बताए ।

प्रहरी टोलीले सोमबार पक्राउ गरी नुवाकोट अदालत पेस गरेपछि निजलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares