Thursday, April 25
Shadow

तनले नछोए के भो आँखाले प्यार हुन्छ


  • -इ
  • इ+

हाँसो मबाट खोसी पीडा फरार हुन्छ
यस्तै भएर यो दिल जहिल्यै बिमार हुन्छ

यौटा जवान ढल्दा सब सक्किए नसोच्नू
यो वीरको मुलुक हो अर्को तयार हुन्छ

वर्षा गरे नजरको दिल भित्र पुग्न सक्छ्यौ
एकै छिटाले मेरो रातो मुहार हुन्छ

बदनाम हुनु पहिल्यै यौटा उपाय सोचेँ
बन्दी बनाए मात्रै छोरो कुमार हुन्छ

बर्षौ पछाडि आयौ किरिया बसेको बेला
तनले नछोए के भो आँखाले प्यार हुन्छ

छाला निकाल मेरो आमाको सल बनाऊ
टुक्रा बचे नफाल्नू बाको इँजार हुन्छ

भन् ए १ समय तँ जाने कुन ठाउँ सम्म होला
फुर्सद हुँदैन कहिल्यै जहिल्यै हतार हुन्छ

वसन्त ओली (वसन्ती)
दाङ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares