काम देखाउनकै लागि सडक बनाईन्छ अनि भत्काईन्छ
राजेन्द्र गजुरेल
पछिल्लो समय नेपालमा सडकलाई मागि खाने भाडो बनाईदै छ । अझै स्थानीय तहले त सडक विस्तारलाई नै विकासको प्रारम्भ मानेका छन् । भौगोलिक अवस्था जे जस्तो भएतापनि संरचनाको आधारमा गाउँपालिका वा नगरपालिका घोषणा गरे संगै स्थानीय तहका जनप्रतिनिधिको पहिलो रोजाईमा सडक नै परेको छ ।
सडक विस्तार आवश्यकता संगै चुनौति
सडक विकासको मेरुदण्ड हो । तर त्यही मेरुदण्डलाई कमजोर बनाउने तर्फ सम्बन्धित व्यक्ति तथा निकायहरु लागि रहेका छन् । सडक विस्तार हुनु सकारात्मक पक्ष हो । त्यही सडक विस्तार गर्दा कसरी र कुन पद्धतिबाट विस्तार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जनताले आफ्नै घर आगनमा आएको स्थानीय तह संग धेरै आशा गरेका छन् । जनताका ईच्छा चाहना आफ्नो घर सम्म जानको लागि मोटर बाटोको विस्तार होस् भन्नु ठिक हो । साथै जनताका ईच्छा चाहनालाई सम्बोधन गर्न स्थानीय तहलाई चुनौति पनि रहेको छ ।
सडक विकासक...







