Thursday, April 23
Shadow

Month: October 2020

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
  काठमाण्डौँ, कार्तिक १५ सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिना भित्रमा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने गरी काम गर्न निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार मन्त्री श्रेष्ठ बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए। हाल फोहोर फालिंदै आएको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका थिए। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिंदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिएका हुन्। लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताएका थिए। ‘तपाइँ...
नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १५ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।...
योगदान रास्ट्रको लागि नुवाकोट जिल्ला समिति गठन

योगदान रास्ट्रको लागि नुवाकोट जिल्ला समिति गठन

समाचार, समाज
नुवाकोट,कार्तिक १४ स्वास्थ समबन्धी सचेतना को माध्यमबाट रास्ट्र,समाज लाई योगदान दिने उद्देश्यले देस ब्यापीरुपमा गठन भएको योगदान रास्ट्रको लागि फाउन्डेसन नुवाकोटमा जिल्ला समिति गठन भएको छ । नुवाकोट को १२ वटै स्थानी तहबाट युबा हरु को भेलाबाट गठित सो फाउन्डेसनको जिल्ला समितिको अध्यक्षमा रमेस भट्ट ,उपाध्यक्षमा रामेश्वर गजुरेल, सचिबमा सुसिला लामिछाने चयन भएका छ्न । तेसै गरि सहसचिवमा वंशिधर न्यौपाने चयन भएका छ्न र कोषाध्यक्षमा अनिला नगरकोटि समितिका सदस्यहरुमा श्रीकृष्ण कुमाल,हरि गजुरेल ,प्रमिला तामाङ ,सरिता श्रेष्ठ ,सरिता गजुरेल ,सन्तोष ढुंगेल ,मनोहर भट्टराई ,प्रसङ्ग तिमिल्सिना ,गोबिन्द प्रसाद रैला ,सरोज थापा ,प्रलाद भट्ट रहेका छ्न । सो समिती आबस्यकता अनुसार बिस्तार समेत हुने जनाइएको छ । विशेषत:स्वास्थ क्षत्रमा सामान्य ग्यानको अभाबमा अकालमा ज्यान गुमाउने नेपालिहरुको जीवन रक्षाका लागि सो ...
३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् । तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् । संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।...
देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।...
बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक

बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,कार्तिक १४ नेपालीहरुको महान् चाड शुभ दिपावली तिहार को आगमन संगै नेपाली संगीत बजारमा कलाकारहरुले आफ्ना सिर्जना बजारमा पठाई रहेका छन् । यसै क्रममा चर्चित लोक दोहोरी गायक बिष्णु खत्री ले पनि यो साल नयाँ देउसीभैलो “ लाहुरे बा को आगनीमा ” नामक गीत बजारमा आएको छ । बिष्णु खत्रीको लय तथा बिष्णु खत्री र कुशल भण्डारीको शब्द रहेको गीतमा गायक बिष्णु खत्री एबम गायिका मुना थापा मगर र टिका पुनको आवाज रहेको छ । कृष्ण भान्जाको संगीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । होम गुरुङले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन सुवास यामगाईले गरेका छन् । निर्मल छेत्री ,सम्झना खत्री ,सगुना खत्री लगाएत साथीहरुको अभिनय रहेको म्युजिक भिडियोलाई मरुभिमी नारायणले छायांकन गरेका छन् । गीत “ लाहुरे बा को आगनीमा ” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनि...
बिदाई

बिदाई

मनोरञ्जन, साहित्य/कला
रातको दस बजिसकेको थियो निदाउन कोसिस गर्दै थिए । तर मनमा अनेक तरह को कुरा खेल्दै थिए । तालमा थिए । फोनको घण्टी बज्यो म अत्तालिए भरङ भयो । मन एकैछिन त मोबाइल हेर्ने आट पनि आएन फोनको घण्टी अन्तिम अबस्थामा पुगिसकेको थियो । हतार हतार फोन उठाए, हेल्लो प्यारी निदाएकी थिएउ होला है नरिसाउ ल तिम्रो निन्द्रा बिगार्ने उदेश्य त हैन तर म : अ केही छैन भन्नुस के भयो र ? उसको कुरा सुन्ने उत्सुकता जाग्यो म मौन भए.... एकैछिनमा अकमकिएको आवाज मा .... मेरो कतारको भिजा आयो पन्ध्र दिन पछिको फ्लाइट छ भर्खरै खबर आयो ... म निशब्द भए, रेटियो मुटु ,भकानियो मन,काप्न थाले ज्यान ,श्वास अड्कियो ,भिर बाट खसे झै भयो। एकैसाथ काटिदिए फोन र सराप्न थाले त्यो दृष्टिबिहिन सरकार लाई चुतिया सरकार कति गाह्रो पार्छस गरिवलाई ,तेरो हृदय छैन है धनको बिटो र ठाउँमा मान्छे हुनेलाइ मात्र पाउने है रोजगार कमसेकम शिक्षाको त महत्त्व बुझिदे...
बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक १४ म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।...
क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

आर्थिक, जिवनसैली, ब्यानर समाचार, मनोरञ्जन, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १४ सरकारले गत शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले गर्ने विज्ञापन प्रसारण रोक्ने व्यवस्था (क्लिन फिड) नीति लागू गरे पनि यसबाट आम उपभोक्ता प्रभावित बनेका छन् । एक वर्षअघि नै ऐन पारित भइ क्लिन फिड लागू गर्ने मिति तय भइसके पनि सेवा प्रदायकले पर्याप्त तयारी नगर्दा उपभोक्ताले अग्रिम शुल्क तिरेर पनि विभिन्न च्यानल हेर्न पाएका छैनन् । खासगरी इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने ठूलो संख्याका दर्शक यसबाट प्रभावित बनेका छन् । गत वर्षको कात्तिकबाटै क्लिन फिड लागू गर्न भन्दै एक वर्षको समय दिए पनि पर्याप्त तयारी हुन नसक्दा उपभोक्ता भने मारमा परेका छन् । नेपालमा यसअघि प्रसारण भइरहेका झण्डै तीन दर्जन विदेशी टेलिभिजन च्यानल प्रभावित भएका छन् भने ती च्यानलका लाागि पैसा तिरेका ग्राहक मारमा परेका छन् । क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर...

The Sport For Beginners

Uncategorized
Casinos experience long been working with tallor made texas hold'em snacks for their consumers performing satisfaction. This is their theme - and the games come with reaIistic graphics and other special effects to attract new casino players. That is why no cost online video poker machines require no download now. (more…)