Friday, April 19
Shadow

बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,कार्तिक १४
नेपालीहरुको महान् चाड शुभ दिपावली तिहार को आगमन संगै नेपाली संगीत बजारमा कलाकारहरुले आफ्ना सिर्जना बजारमा पठाई रहेका छन् । यसै क्रममा चर्चित लोक दोहोरी गायक बिष्णु खत्री ले पनि यो साल नयाँ देउसीभैलो “ लाहुरे बा को आगनीमा ” नामक गीत बजारमा आएको छ ।

बिष्णु खत्रीको लय तथा बिष्णु खत्री र कुशल भण्डारीको शब्द रहेको गीतमा गायक बिष्णु खत्री एबम गायिका मुना थापा मगर र टिका पुनको आवाज रहेको छ । कृष्ण भान्जाको संगीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो ।

होम गुरुङले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन सुवास यामगाईले गरेका छन् । निर्मल छेत्री ,सम्झना खत्री ,सगुना खत्री लगाएत साथीहरुको अभिनय रहेको म्युजिक भिडियोलाई मरुभिमी नारायणले छायांकन गरेका छन् । गीत “ लाहुरे बा को आगनीमा ” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् ईन्टरभ्यु नेपाल को तर्फ देखि धेरै धेरै शुभकामना ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares