Wednesday, November 13
Shadow

बिदाई


  • -इ
  • इ+


रातको दस बजिसकेको थियो निदाउन कोसिस गर्दै थिए । तर मनमा अनेक तरह को कुरा खेल्दै थिए । तालमा थिए । फोनको घण्टी बज्यो म अत्तालिए भरङ भयो । मन एकैछिन त मोबाइल हेर्ने आट पनि आएन फोनको घण्टी अन्तिम अबस्थामा पुगिसकेको थियो । हतार हतार फोन उठाए, हेल्लो प्यारी निदाएकी थिएउ होला है नरिसाउ ल तिम्रो निन्द्रा बिगार्ने उदेश्य त हैन तर म : अ केही छैन भन्नुस के भयो र ? उसको कुरा सुन्ने उत्सुकता जाग्यो म मौन भए….

एकैछिनमा अकमकिएको आवाज मा …. मेरो कतारको भिजा आयो पन्ध्र दिन पछिको फ्लाइट छ भर्खरै खबर आयो … म निशब्द भए, रेटियो मुटु ,भकानियो मन,काप्न थाले ज्यान ,श्वास अड्कियो ,भिर बाट खसे झै भयो। एकैसाथ काटिदिए फोन र सराप्न थाले त्यो दृष्टिबिहिन सरकार लाई चुतिया सरकार कति गाह्रो पार्छस गरिवलाई ,तेरो हृदय छैन है धनको बिटो र ठाउँमा मान्छे हुनेलाइ मात्र पाउने है रोजगार कमसेकम शिक्षाको त महत्त्व बुझिदे तेरै कारणले हो आज मास्टर सकेको मार्सिट दराजमा राखेर खाडी जान बाध्य बनाइस…… यस्तै यस्तै बिलाउना गर्दै थिए त्यो अन्धकार रात अनि सुनसान कोठामा ….. फेरि बज्न थाल्यो फोनको घण्टी उठाए फोन म बोल्न नपाउदै फेरि प्रश्न तेर्सियो काडेतार बनेर…. किन तिमी खुशी भएनौ रु मेरो खुशी मा यो प्रश्नले झनै अफ्ट्यारो पार्यो । खुसी छैन भनुम भने उसैको खुसिको लागि दिनहु मन्दिरमा त्यो निर्जीव मुर्ती झकझकाउन जाने म ।

खुसी छु भनुम भने समालि नस्कनु भा छ मन । उस्को खुसीमा पीडा भएको त हैन तर छोडेर जाने कुरा ले गारो परेको हो फेरि सङै त हामी एक सेकेन्ड पनि भएका छैनौ कुनै दिन पनि तर किन किन देश अनि परिवेश नै भिन्दै हुने भएर होला अझै धेरै पीडा त त्यो पन्ध्र दिनको समय ले गरायो मैले उस्का लागि केही सम्झाउन पनि भ्याउदिन मेरो भावाना पोख्न त परै जावस…. आज ४ बजे एअरपोर्ट आउ ल । म्यासेजको घण्टी बज्यो झनै मन पोल्न थाल्यो बढो धड्कन टाढा हुँदा त यति गारो भएको छ । उसैको नजिक गएर म कसरी बिधाइ गरौ झनै गाह्रो भयो । बुझाए चित्त र आट गरेर गए… हासेर बिधाइ गर्छु भनेर पुगियो एअरपोर्ट उस्लाइ देख्नासाथ आँखा रसाए अघि को त्यो आट कहाँ बिलायो बिलायो उ नजिक आइपुग्दा मलाइ धेरै गारो परिसकेको थियो । ल किन अँध्यारो मुहार म सधैंका लागि जान लाग्या हो र ? म बोल्नै सकिन अझै …. प्यारी आफ्नो ख्याल गर्नु केही समय हो त्यसपछि त म आइहाल्छु नि पिर नमान है झनै उस्को यी माया रुपि शब्दले झन गाह्रो बनायो सकिन मन बुझाउन बाधिए उस्को अङ्गालोमा , छोडियो डाको ।

जिन्दगिभर उसैको अङ्गगालोमा बाधिने रहर थियो एकैछिन पनि उस्को अङगालोमा बाधिएर रुन नपाउदै ति अटिनअटि तेसारिएका सुर्केसको ट्रली छेउमै आइपुग्यो उस्कै लागि भनेर उस्लाइ मन पर्ने प्याजी रङ को गलबन्धी गलामा बेर्दिने आट गर्न सकिन थमाइदिए हातैमा ,धड्कन भढ्यो , आसुका बलिन्द्र झरे, छोडियो डाको, बिस्तारै छोडिए ती एक अर्का मा कसिएका हातहरु पनि , सङै चुडिएछ हाम्रो सम्बन्ध पनि…. केही समयलाइ भन्दै बिदा मागेर गएको उ आज सम्म पनि फर्किएन जिउदै छु त केवल तड्पिदै उस्का यादहरु सङ….
(कसैको जिन्दगीसङ मेल खान गएमा संयोग मात्र हुनेछ)
लेखक : शुसिला भट्ट
शिक्षा : बि.ए (प्रथम बर्ष)
ठेगाना : किस्पाङ २, नुवाकोट
पढेर प्रतिक्रिया दिनुहोला …………

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares