
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा नमूना सङ्कलन सुस्त
काठमाडौं, पुस २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड—१९ का शङ्कास्पद एक हजार ९२१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६०१ पुगेको छ । विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन । सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १०६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।
मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र स...