Wednesday, April 24
Shadow

अंग्रेजी नयाँ वर्ष सन् २०२१ मनाइँदै, छैन उल्लासमय माहोल, सन् २०२० कोरोनाले पीडादायी


  • -इ
  • इ+

काठमाडौं , पुस १७ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।

अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

छैन उल्लासमय माहोल
कोरोना महामारीका कारण यसपटकको नयाँ वर्षमा विश्वभरि नै पहिले जस्तो उल्लासमय माहोल छैन । कोरोना भाइरसको नयाँ प्रजाति तथा तेस्रो लहरको पीडाकाबीच संसारभर खास उल्लास देखिएन ।

सन् २०१९ को अन्त्यतिरबाटै सुरू भएको कोरोना महामारीको असरले अहिलेसम्म छाडेको छैन । यसको सबैभन्दा बढी मार सन् २०२० मा देखियो ।विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । अझै थुप्रै मुलुकहरु यतिबेला कोभिडविरुद्ध संघर्षरत् अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउनेसम्बन्धी विश्वव्यापी रुपमा विभिन्न नियमहरु लागू गरिएका छन् ।सन् २०२० मा बर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस बर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ ।

कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ ।कोरोनाका कारण अहिलेसम्म १८ लाख २४ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड ७६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ ।

आकाशमा झिलीमिली पटकाको प्रस्तुतिलगायत सबै किसिमका सार्वजानिक कार्यक्रमहरु सिड्नीदेखि र न्युयोर्कसम्मका शहरमा यसपाली रद्द गरिएको हो । उता युरोपमा त चाडपर्व मनाउने कार्य पूर्ण रुपमा रोक्ने प्रयास जारी छ । कोरोना भाइरसको नयाँ प्रकारका कारण तीव्र रुपमा फैलने डरले पनि त्यहाँ सबै योजनाहरु स्थागित गर्नुपरेको हो ।

फ्रान्समा भने सरकारले न्यु इयर इभका दिन पार्टी गर्न नदिन एक लाख प्रहरी नै खटाएको छ र रातिको समयमा कर्फ्यु पनि जारी गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares