Tuesday, April 23
Shadow

बँदेलको आक्रमणबाट दाङमा चार घाइते


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।

घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन्।

घाँस दाउरा गर्न शनिबार १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ।

घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ। धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares