काठमाण्डौँ, पुष १३।
भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ ।
बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा काजल लगाइएको थियो ।
पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् ।
बालक शनिवार घरबाट बेपत्ता भएका थिए ।
भोलिपल्ट बालकको शव क्षतविक्ष्८ात अवस्थामा भेटिएको थियो ।
अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।