Tuesday, April 23
Shadow

शिक्षा

सङ्घीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

सङ्घीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

ब्यानर समाचार 2, शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताउनुभएको छ । मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो । तराई मधेसमा बालिकाको शिक्षाको अवस्था झन कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो । बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ...
कक्षामा अध्ययनरत टुहुरा बालबालिका

कक्षामा अध्ययनरत टुहुरा बालबालिका

शिक्षा, समाचार
तनहुँको व्यास नगरपालिका–७ नरङ्गा सिषमटारस्थित व्यास नगर समता विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालबालिका । शिक्षाको ज्योतिबाट वञ्चित हुन लागेका टुहुरा तथा अति विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको व्यवस्थापनमा सञ्चालित विद्यालयमा आवासिय सेवासहित ४३ बालबालिका अध्ययनरत छन् । तस्बिर:रासस...
नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

शिक्षा, स्थानिय तह
काठमाडौँ-२०७९ भाद्र २६ गते, तारकेश्वर-११,स्थीत नेपाल राष्ट्रिय मा.वी.,नेपालटारमा अभिभावकहरुको भेलाले विध्यालय व्यबस्थापन समीती गठन गर्यो। भेलाले कविराज वस्नेतलाई अध्यक्ष र सदस्यहरूमा परोपकार अधिकारी,लक्ष्मण बस्नेत,अस्मिता भण्डारीलाई चयन गरेको छ।                                                                    
एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार प्रदान

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार प्रदान

ब्यानर समाचार 2, शिक्षा, समाचार
केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो । केपिलासगढी गाउँपालिकाले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तय...
पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

टिप्स, ब्यानर समाचार, विचार, शिक्षा
नेपाल सरकारद्वारा संचालित जनक शिक्षा सामग्री केन्द्र लि. द्वारा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै पनि यो चाहिँ पाली भाषा बाट यो चाहिँ संस्कृत बाट, नेवारी ,गुरुङ, तामाङ भाषाबाट आएको भनेर एक ठाउँ उल्लेख गरेको पाइएन। त्यस्तै अर्को कक्षा १० को ऎच्छिक जनसंख्याको पुस्तकमा "जनगणनाको ऐतिहासिक विकासक्रम ( Historical Development of Census ) जनगणनाको इतिहासतर्फ अध्ययन गर्दा प्राचीन जनगणनाको सङ्केत बाइबलमा समेत देखिएको छ । बाइबलमा उल्लेख भएअनुसार पहिलो जनगणना मोसेस ( Moses ) ले  ई . पु . १४१९ र किड्स डेभिड ( King David ) ले  ई . पु . १०१७ मा गराएका थिए । त्यस्तै ई.पू. ३८०० मा बेबिलोनिया , ई...
शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं-  काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्। प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि ...
एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

शिक्षा, समाज
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १० नेपालटारमा रहेको एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । समयमा नै भवन रेक्ट्रोफिट्ङको काम सम्पन्न हुन नसक्दा सहज रुपमा पठन पाठन कार्य प्रभावित भएको प्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) एनआर कलेजका विद्यार्थी नेता एवम् ने बि संघ सामुदायिक क्याम्पस समन्वय समितीका अध्यक्ष परोपकार अधिकारीले आपत्ति जनाएका थिए । उने सामाजिक सञ्जालमा भनेका छन्, तारकेस्वरको मुटु नेपालटारमा रहेको एन आर कलेजको भवन रेक्ट्रोफिट्ङको नाममा ढिलासुस्ती गर्दा हजारौ बिध्यार्थिको पठनपाठनमा समस्या आउदा पनि लाचार रुपमा कानमा तेल हाल्ने बिध्यालय प्रशासनले के जबाफ देला ? कार्य सम्पादनमा ढिला सुस्ती किन र कहिले सम्म सम्बन्धित पक्षले बिध्यालय प्रशासनलाइ स्पस्टिकरण लिने कि नलिने ? विद्यार्थी र विद्यार्थी संगठनको विरोध पश्चात क्याम्पस प्रश...
नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा अर्याल

नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा अर्याल

शिक्षा, समाचार
३ माघ,काठमाडौं । नुवाकोटको नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल चयन भएका छन् । लामो समय देखि विवादका कारण रिक्त रहेको प्रमुख पद आगामी तीन वर्षका लागि अर्याललाई नियुक्त गरिएको छ । विद्यार्थी तथा अभिभावक माझ लोकप्रियता कमाएका अर्यालले यस अघि क्याम्पसमा भएका अनियमितताको अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आम विद्यार्थी तथा अभिभावकको विश्वास रहेको छ । यस अघि क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका थिए । यसैगरि क्याम्पसको संचालक समितिको अध्यक्ष तथा बाकि रहेका सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा बोलाएको छ । उक्त सभाले बाकि पद पूर्तिको लागि प्रक्रिया अगाडी बढाउने छ । जितेन्द्र अर्याल क्याम्पस प्रमुखमा नियुक्त हुने बित्तिकै क्याम्पसका बिद्यार्थीको बधाईको ओइरो आउन थालेको छ । क्याम्पस प्रमुख अर्यालबाट क्याम्पसमा भएको अस्...
कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

शिक्षा, समाचार, स्वास्थ्य
२५ पुष, काठमाडौँ . नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन्। नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ। छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोक...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...