Thursday, May 21
Shadow

समाज

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १२ बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् । उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् । उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् । रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् । राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताइन् । महिल...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...
पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। पार्टी  विभाजनकाे  असर केन्द्र देखी  स्थायानिय तह र कार्यकर्तासम्म देखीन थालेको छ। कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो । प्रचण्ड-नेपाल समूहले  बोलाएको बैठकमा ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेपछिप्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर थिए। साेही बिषयले झडपको स्थिति सिर्जनागरेकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो । अहिले भने पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य  छ।...
प्रेमीद्वारा आफ्नै पतिको हत्या

प्रेमीद्वारा आफ्नै पतिको हत्या

अन्तर्राष्ट्रिय, समाज
काठमाण्डौं, पुष १२ महिलाले चाह्यो भने जे पनि गर्नसक्छन् भन्ने उदाहरण केही घटनाले दिन्छन्। हालै भारतको मध्य प्रदेशमा एक यस्तै घटना भएको छ । जहाँ आफ्ना प्रेमीद्वारा महिलाले आफ्नै पतिको हत्या गराएकी छन् । राजस्थानको कोटामा जन्मदिन मनाउँदै गरेका पतिलाई प्रेमी पठाएर महिलाले हत्या गराएको खबर सार्वजनिक भएको छ । पहिला महिलाले पतिसँग प्रेम विवाह गरेकी थिइन् । फेरि आफ्नो जिन्दगीबाट पतिलाई हटाउन प्रेमीको प्रयोगले हत्या गरेकी छन् । खबर अनुसार महिलाको मुटुको एक भल्वमा खराबी थियो । यसका बावजुद पनि युवकले आफ्नो परिवारकोविरुद्ध गएर बिहे गरेका थिए । हत्या भएपछि प्रहरीले महिला र उनको प्रेमीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक यशपाल र आरोपी पूजा देहरादुनको एक कलेजमा सँगै अध्ययन गर्दथे । युवतीको मुटुको एक भल्वमा खराबी थियो ।  ...
गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

अन्तर्राष्ट्रिय, समाज, स्वास्थ्य
काठमाडौं, १२ पुस । काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । यता, विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका...
खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौं, पुष १२ मन्त्री मणिचन्द्र थापाले खानेपानी  मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पहिलो पटक मन्त्री बनेर सिंहदरबारमा प्रवेश गरेका हुन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन। मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।...
देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन – डा. गोविन्द केसी

देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन – डा. गोविन्द केसी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौं, १२ पुस । डा. केसीको विज्ञप्ति : हालै प्रधानमन्त्री केपी ओलीले गरेको अवैध तथा अनधिकृत संसद विघटनको प्रयासप्रति हाम्रो घोर आपत्ति छ । विधिको शासन स्थापना गर्न लड्ने क्रममा हामीले लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्दै आएका छौं । उनी विचरण गर्ने वैकल्पिक यथार्थमा देशको संविधान उनकै स्वार्थका लागि बनेको हुनाले जुन दिन उनको स्वार्थमा आँच आउँछ, त्यही दिन संविधानको औचित्य सकिन्छ । तर हामी बाँचेको वास्तविक संसार र समाजमा संविधान सर्वोपरी छ । स्मरण रहोस् यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन । यसै गरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ । अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरुको च...
युवती पानी पुरी खानतिर भुलेपछि

युवती पानी पुरी खानतिर भुलेपछि

अन्तर्राष्ट्रिय, समाज
काठमाडौं, १२ पुस । पानी पुरी भन्नेबित्तिकै मुखबाटै पानी नआउने सायदै कोही होला । अझ युवतीहरुको सबैभन्दा मन पर्ने खानेकुरा नै पानी पुरी हो । उनीहरु बरु खाना खाँदैनन्, तर पानी पुरी चटपटेजस्ता वस्तु खान छुटाउँदैनन् । तर, कहिलेकाँही यस्तै बानी आफैंलाई महँगो सावित हुन्छन् । भारतको रामगञ्ज बजारमा पानी पुरीमा भुलेपछि एक युवतीले लाखौंको गहना चोराएकी छन् । माणचोक प्रहरी चौकीमा उनले आफ्नो झोलाबाट लाखौं मूल्य बराबरको गरगहना चोरी भएको उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस घटनामा छानबिन शुरु गरिसकेको छ । घटना गत बुधबारको हो । निलगिरी मार्ग शिप्रापथकी सोनम आसवानी सामान खरिदका लागि बजार भएकी थिइन् । तर, चोकमा पानी पुरीको ठेला देखेपछि उनको मनले नखाइ मानेन । जब उनी पानी पुरीमा मस्त भुलेकी थिइन् । पछाडिबाट चोरले उनको झोला ब्लेडले काटेर सबै गरगहना उडाएको छ । साथै झोलामा रहेक...
संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, १२ पुस । संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहको परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताएका छन। संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...
कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो । जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो । “सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् । मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।...