Thursday, May 21
Shadow

समाज

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा  डम्फूसहितको सांस्कृतिक बिराेध

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा डम्फूसहितको सांस्कृतिक बिराेध

ब्यानर समाचार 2, राजनिती, समाज
  काठमाण्डौँ, पुष १३ संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ। समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो। यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।...
धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

Uncategorized, समाज
  काठमाण्डौँ, पुष १३। भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ । बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा काजल लगाइएको थियो । पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् । बालक शनिवार घरबाट बेपत्ता भएका थिए । भोलिपल्ट बालकको शव क्षतविक्ष्८ात अवस्थामा भेटिएको थियो । अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।...
साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

अन्तर्राष्ट्रिय, आर्थिक, समाज
काठमाण्डौँ, पुष १३। साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तरराष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोना भाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमीन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महीना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको ख...
सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ नेपालमा आन्दोल गर्नु,नारा जुलुसका साथ सडकमा उत्रनु नौलो बिषय होइन। करिब एकमहिना अगाडि देखि माइतिघर मण्डलमा न्यायको लागि धर्ना बसेका किसानले न्याय नपाउदै सिंहदरबार बाट निकालिएका उचस्तरिय दलका प्रमुख नेतासम्म माइतिघर मण्डलमा भिडभाडका साथ देखियो। केही समय अगाडि अगाडि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेसँगै सिंहदरबार देखि गाउँगाउँका नेता,कार्यकर्ता सलबलाउन थालेका छ्न। पार्टी बिभाजन पश्चात् राजनीति घटनाक्रमले बाटो फेरेको छ। देशैभर आन्दोलन चलिरहेको छ। राजसंस्थाको माग राख्दै सडकमा प्रदर्शन गर्ने समूह पनि रोकिएको छैन। अर्कोतिर कोरोना भाइरस (कोभिड१९)ले अन्य मुलुकमा जस्तै नेपालमा पनि आफ्नो क्षेत्र साघुरो बनाएको छैन। आइतबार मात्रै ४८१ जनामा पुष्टि भएको कोरोना भाइरसले सोही समयमा ६ जनाको ज्यान लग्यो। कोरोना भाइरसले अन्य देशमा देखाएको नयाँ रुप र मुलुकभर भइरहेको यस्ता गत...
मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाडौँ , पुस १३ मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनको भनाई छ । The web is not It should also be guaranteed that your research paper does not include any spelling errors because these errors may be perceived by If you can't find a discount at a local paper business or wholesaler, you always have the option to visit online auction https://www.affordable-paper...
सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १३। सरकारले कोरोना बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कारोनाको उपचार हुने छ । समाचारअनुसार ‘हाललाई सरकारी अस्पतालमै कोरोना बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ, ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोरोना उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूक...
कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताए । उनका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना स...
जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १३ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त...
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण आज भेटघाट हुने बताइएको छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन । बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च...
स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री  चौधरी

स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री चौधरी

आर्थिक, ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने । मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रि...