Saturday, May 23
Shadow

समाज

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? यस्तो छ विज्ञप्ति

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? यस्तो छ विज्ञप्ति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । यस्तो छ विज्ञप्ति ...
प्रतिनिधिसभा विघटन मुद्दाः के के भयो आज ?

प्रतिनिधिसभा विघटन मुद्दाः के के भयो आज ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २८ । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्था अनुसार नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्थापना हुन नसक्ने बताए । वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्रीले ओलीले विघटन गर्नु उचित र संविधानसम्मत भएको दाबी गरेका छन् । उनले यसअघिका संसद्को बहुमत प्रधानमन्त्रीले संसद् विघटन गरेको नजीर रहेकाले वर्तमान प्रधानमन्त्री ओलीले समेत सोही नजिरको आधारमा विघटन गराकाले सदर गर्नुपर्ने धारणा राखे । उनले संविधानको धारा ७६ ९१० को प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न प्रतिबन्ध नलगाएको उल्लेख ग...
इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, माघ २८ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र ९सिविन–नेपाल० ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका–किशोरीभन्दा झण्डै दोब्बर संख्यामा बालक–किशोरहरू रहेको देखाएको छ । नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीह...
कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज पनि मृत्यु शून्य

कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज पनि मृत्यु शून्य

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं ,माघ २८ । कोरोना भाइरस (कोभिड-१९) का कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो । मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत चौबीस घण्टामा तीन हजार ५६७ जनाको पीसीआर परीक्षण गरिएकामा १३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै गएको चौबीस घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा एक हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
बैतडी, २८ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा। वसन्तराज जोशीले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ...
सामाजिक सञ्जालमा अंकुश लगाउँदै सरकार, निर्देशिका ल्याउने तयारी

सामाजिक सञ्जालमा अंकुश लगाउँदै सरकार, निर्देशिका ल्याउने तयारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८ । विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसिम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति रोक्न निर्देशिका ल्याउन लागिएको बताए । संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, उत्तेजक, व्यक्तिकेन्द्रित, अदालत र राष्ट्रप्रति अभि...
यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौ , माघ २८ । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ । सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए  ।...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बन्द गरिएको तातो पानी नाका २१ दिनपछि खुल्यो

बन्द गरिएको तातो पानी नाका २१ दिनपछि खुल्यो

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २८। तातोपानी नाका तीन सातापछि खुलेको छ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको नेपाल र चीनबीचको उक्त नाका खुलेको हो । भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै मङ्गलबार छ कन्टेनर चिनियाँ सामग्री नेपाल भित्रिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रास, नाकाप्रति स्थानीयको फरक बुझाइलगायतका कारण पटक–पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतका लागि बन्द गरिएको २१ दिनपछि पुनः सुचारू भएको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमाको मितेरी पुल मर्मतमा लागि २० दिनका लागि नाका बन्द गरेको थियो ।...
फेरि पश्चिमी वायुको प्रभाव सुरू , शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना

फेरि पश्चिमी वायुको प्रभाव सुरू , शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २८ । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ । मौसममा भएको बदलावसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ६।५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकार...