Tuesday, April 16
Shadow

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै


  • -इ
  • इ+

काठमाडौं, माघ २८ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र ९सिविन–नेपाल० ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ ।

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका–किशोरीभन्दा झण्डै दोब्बर संख्यामा बालक–किशोरहरू रहेको देखाएको छ ।

नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोर किशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिए ।

नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दौतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्ति समेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौंतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवर्किङ साइटहरू, इमेल, अज्ञात लिंक र फोन समेत प्रयोग भएको देखिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares