Friday, April 26
Shadow

बन्द गरिएको तातो पानी नाका २१ दिनपछि खुल्यो


  • -इ
  • इ+

काठमाडौं , माघ २८। तातोपानी नाका तीन सातापछि खुलेको छ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको नेपाल र चीनबीचको उक्त नाका खुलेको हो ।

भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै मङ्गलबार छ कन्टेनर चिनियाँ सामग्री नेपाल भित्रिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको सन्त्रास, नाकाप्रति स्थानीयको फरक बुझाइलगायतका कारण पटक–पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतका लागि बन्द गरिएको २१ दिनपछि पुनः सुचारू भएको छ ।

चिनियाँ पक्षले नेपाल–चीन सीमाको मितेरी पुल मर्मतमा लागि २० दिनका लागि नाका बन्द गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares